दैलेखका ३५ वर्षीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा पनि कोरोना प्रवेश गरेको छ । सोमबार दैलेखका एकजनाको रिपोर्ट पोजिटिभ देखिएपछि औपचारिक रुपमा कोरोना संक्रमण देखिएको हो ।
दैलेख, आठबीसका ३५ वर्षीय व्यक्तिमा कोरोना देखिएको हो । ती व्यक्ति एक साताअघि भारतबाट आएका थिए । स्वाबको नमुना सोमबार सुर्खेतमा परीक्षण गर्दा पोजिटिभ देखिएपछि पुनः परीक्षणको लागि सोमबारै नेपालगन्ज पठाइएकोमा थियो ।
त्यहा“ पनि रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए । संक्रमित व्यक्ति अहिले दैलेखको आठबीस नगरपालिकास्थित क्वारेन्टाइमा रहेका छन् । कोरोना देखिएपछि भोलिदेखि थप सतर्क र सुरक्षित भएर कोरोना रोकथाम तथा नियन्त्रण्मा लाग्नुपर्ने अवस्था आएको उनले बताए ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दाङ, सुर्खेत र धनगढीको प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखिएमा ‘क्रस चेक’ को लागि नेपालगन्ज पठाउन परिपत्र गरेको बताए । सोही अनुसार ती व्यक्तिको स्वाबको नमुना नेपालगन्ज पठाइएको हो । उनका अनुसार सोमबारसम्म कर्णालीमा २ हजार ७ सय ८९ जनाको पीसीआर गरिएको छ ।
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राष्ट्रिय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस