Techie IT

श्रीमती बितेको एक बर्षमै श्रीमानको पनि भीरबाटै खसेर मृत्यु


टेकराज भण्डारी, असार १९, अछाम

अछामको रामारोशन गाउँपालिकामा भीरबाट खसेर एक युवकको ज्यान गएको छ । वडा नम्बर ५ का ३६ बर्षीय लोकेन्द्र रोकायाको शुक्रबार पडिपाखा भीरबाट खसेर ज्यान गएको हो ।

बिहान घाँस काट्न गएको बेला उनको घाँस काट्दै गर्दा चिप्लो भीरबाट खसेर घटनास्थलमै ज्यान गएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो ।

उनकी श्रीमतिको पनि गत बर्ष भीरबाट खसेरै ज्यान गएको छ । लोकेन्द्र खसेको भन्दा केही तलको भीरबाट खसेर उनकी श्रीमतीको ज्यान गएको थियो ।

आमाबुवा दुबैको भीरबाट खसेर ज्यान गएपछि उनको ५ जना नाबालक छोराछोरीको बिचल्ली भएको छ । १ छोरा र ४ छोरी रहेका उनको एकमात्र साहार बृद्ध अवस्थामा रहनुभएकी हजुरआमा मात्रै रहनु भएको छ । उनको अवस्था पनि निकै कमजोर रहेको उनका आफन्त डम्बर रोकायाले बताउनु भयो ।


क्याटेगोरी : प्रदेश, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस