रामारोशन गाउपालिमा रुवाबासी, मानविय सहित धनजनको ठुलो क्षेति,एकै परिवारका १० जना बेपत्ता

३ भदौ, काठमाडौं । गए राती आएको भीषण बाढीले अछाम जिल्ला रामारोशन गाउपालिका स्थित चुरेपानी घट्टएखेति बजार,खाल बजार,मुजाबगर बजार लगायत कैलास खोलाको आसपास क्षेत्रमा ठुलो मानबिय क्षेती र धनजनको क्षती पुर्याएको सूचना प्राप्त भएकोछ । अहिले यो समाचार तयार पार्दासम्म ६ जनाको लास भेटिएको छ तर सनाखत् भने भएको छैन । दुई दर्जनभन्दा बढी मान्छे सम्पर्क बिहिन भएको भएको जानकारी युवा नेता पुष्प बिष्टले जनाकारी दिएका छन् । रामारोशन गा पा अध्यक्ष झकर साउद र उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभएको अनुसार एकै परिवारका १० जना बेपत्ता भएका छन् ।
बेपत्ता भएका नन्दु साउदको १० जना परिवार,वारला निबासी लालसरा शाह र वहाकै १ छोरा समेत रहेको खुलेको छ । यसै गरि हिक्मत शाहको २ जना परिवार,चन्द्रे साउद,बासु साउद र जोगा साउद बेपत्ता रहेको जानकारी प्राप्त भएको छ । त्यसतर्फ बाढी र पहिरो पिडितको राहत र उद्दार लागी नेपाली सेनाको हेलिकपटर सुर्खेतबाट जादै छ भने सबै तह र निकायलाई राहत र उद्दारमा रहन निर्देशन दिइसकेका छन् ।
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस