Techie IT

बाजुराको कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता


बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन ।

बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उनकी ३ छोरी र १ छोरा रहेका छन ।

शुक्रबार दिउसोँ छोराछोरी समेत खोलामा नुहाउन गएका बेला छोराछोरी सहित आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताउनु भएको छ ।

बेपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोसी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेका छन ।

के कती कारणले डुबेका हुन भन्ने बिषयमा बिस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोही खोलामा करिव २ महिना अगाडी पनी १ बालिका बगेर बेपत्ता भएकी थिइन । सो खोलामा हरेक बर्ष ५र६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन ।

बेपत्ता भएका हरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस