नेकपा अछामका सचिव साउँद सहितको टोलीद्वारा मुख्यमन्त्री भट्टविच छलफल

नेपाल कम्युनिस्ट पार्टी नेकपा अछामका सचिव झपट साउद सहितको टोलिले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट संग अछामको समसामयिक विषयमा छलफल गर्नुभएको छ ।
अछाममा बाढिपहिरोले गरेको क्षतिको पुननिर्माण, पुनस्र्थापन, राहत तथा क्षतिपूर्तिका लागि प्रदेश सरकारले गर्नुपर्ने पहलका विषयमा छलफल भएको हो ।
राष्ट्रियसभा सदस्य तारामान स्वार र नेकप अछामका नेता लोकबहादुर बोहरा (अबिरल) सहितको टोलिले अछामको समग्र विकास, युवा रोजगारि र कृषि क्षेत्रको विकासका सवालमा केन्द्रीत रहेर छलफल भएको बताईएको छ ।
छलफलका क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले बाढिपहिरोबाट भएको क्षतिको पुननिर्माण र पुनस्थापनाका लागि प्रदेश सरकारको तर्फबाट उचित बजेटको ब्यावस्थापन गरिने बताउनुभयो ।
साथै ठुला योजनाका लागि केन्द्र सरकारमा अनुरोध गरिने तथा प्रदेशको तर्फबाट बहुबर्षिय बनायर पनि अघि बढिने बताउनुभयो ।