Techie IT

दलित सेवा संघको पालिका स्तरीय समिक्षा कार्यक्रम बान्निगढीमा सम्पन्न


दलित सेवा संघ अछामको पालिका स्तरिय समन्वयात्मक बैठक तथा समिक्षा कार्यक्रम बान्निगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।

दलित र महिलाहरुको समान अधिकारका लागी स्थानीय लोकतन्त्र सवलीकरण परीयोजना अन्र्तगत दलित सेवा संघ अछामले २०२०मा गरेका कार्यक्रमको समिक्षा तथा समन्वयात्मक बैठक आज बान्निगढी जयगढ गाउँपालिमा सम्पन्न भएको हो । दलित सेवा संघ अछामका अध्यक्ष अर्जुन ताम्राकारको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा बान्निगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँद प्रमुख अथिति रहनुभएको थियो ।

प्रमुख अथितिको आसनबाट बोल्दै उपाध्यक्ष साउँदले दलित सेवा संघ अछामले समाज रुपान्तरणको लागि उल्लेख्य काम गरेको बताउनुभयो । संबिधानले दिएकोे अधिकार कार्यन्यनमा दुविधा रहेपनि दलित सेवा संघ अछामले दलित समुदाय र आर्थीकरुपले पछाडी परेका महिला, बालबालिका, अपांगता भएका ब्यक्तीहरुको सहज जिवन यापनमा बिशेष भुमिका खेलेको भन्दै संघलाई धन्यवाद दिनुभएको छ ।

गाउँपालिकाले लक्षीत बर्ग छनोट गरी सिमित स्रोत साधानका बावजुत पनि सिमान्तकृत महिलाहरुको राज्य र विभिन्न संघ संस्थाहरुको संयन्त्रमा सेवा सुविधा, निती, कार्यक्रमहरुको कार्यन्यन गर्ने गरेको बताउनु भयो ।

उहाँले बान्निगढी सरकार ः समृद्धीको आधार भन्ने गाउँपालिकाको मुल नारालाई कार्यन्यन गर्न दलित र महिलाहरुको समान अधिकारका लागी स्थानीय लोकतन्त्र सवलीकरण परीयोजनाले टेवा पुगेको बताउनुभयो । यस्तै कार्यक्रमा अन्य सहभागिले अहिले पालिकामा संचालनमा रहेका बिभिन्न संघ संस्थाले पुरानै कार्यक्रमलाई निरन्तरता दिएकाले अब दलित सेवा संघ अछामले आर्थीकरुपले सम्पन्न हुनेखालका कार्यक्रम ल्याउने पुर्ने बताएका थिए ।

लोक तन्त्र बलियो बनाउन लक्षीत समसदाय र बर्ग बलियो बनाउनु पर्ने कार्यक्रममा सहभागिको धारण थियो । पालिका स्तरिय समन्वयात्मक बैठक तथा समिक्षा कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष कुल बहादर सेट्ठी, वडानम्बर ४ का वडाध्यक्ष कर्ण ठकुल्ला, महिला संजालका अध्यक्ष रेवन्ती ठकुल्ला, दलित संजालका अध्यक्ष मोहन राम्राकार, विभिन्न राजनितीक दलका प्रतिनिधी, सुरक्षाकर्मी संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

दलित सेवा संघ अछामको दलित र महिलाहरुको समान अधिकारका लागी स्थानीय लोकतन्त्र सवलीकरण परीयोजना कार्यक्रम अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ७ र ८, बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ तथा साँफेवगर नगरपालिकाको वडा नम्बर ८मा संचालनमा रहेको छ ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!