Techie IT

बेरोजगार युवालाइ स्वरोजगार बनाउने कार्यक्रम पहिलो प्राथमिकतामा : नगर प्रमुख कुँवर


अछामको साँफेवगर नगरपालिकाले कोरोनाले रोजगार गुमाएका बेरोजगार युवालाइ स्वरोजगार बनाउने सिप मुलक कार्यक्रमलाई प्राथमिकताका राखेको जनाएको छ ।

गत चतैदेखी कोरोना कहरका बिच भारतबाट फर्कीएका युवा तथा गाउँमा पनि सिप सिक्न नपाएर बेरोजगार भएका युवाहरुलाइ कपाल देखी कम्पीयुटरसम्मका स्वरोजगारका कार्यक्रम संचालनमा रहेका र बेरोजगार युवाले आफुलाई आवश्यक पर्ने सिप सिकेर स्वरोजगार बन्न चाहेमा नगरपालिकासंग समन्वय गर्न साँफेवगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुंवरले बताउनुभयो ।

नगरप्रमुख कुंवरले रेडीयो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै अहिले कोरोनाका कारण नगरपालिकामा धेरै स्वरोजगारका कार्यक्रम संचालन गर्न नसकिए पनि बेरोजगार युवाले स्थानिय स्तरमै आर्थीकरुपले सम्पन्न हुनेखालका ब्यावसाय गर्नचाहेमा नगरपालिका सधै युवाको साथमा रहने बताउनुभयो ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस