सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि

कैलालीका ३२ सहित सुदूरपश्चिमका थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ६२ जनाको परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

धनगढी उपमहानगरपालिकाका १५ जना, गौरीगंगा नगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका ८ जना, वेदकोट नगरपालिकाका ५ जना, भीमदत्त नगरपालिकाका ३ जना र बझाङका १ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker