धनगढी प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सार्वजनिक

धनगढीमा २ प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुक बहादुर भनीने अमर रानालाई सार्वजनिक गरिएको छ।

तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तरकरहरुको गिरोह र गस्तीमा रहेका प्रहरीबीच दोहोरो झडप भई घटना घटेको प्रहरीको निष्कर्ष छ।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए ।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker