रामारोशनमा चालु आर्थिक वर्षको साढे ५ महिनाको अवधिमा १७ प्रतिशत बजेट खर्च

एकेन्द्र खत्री
अछामको रामारोशन गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो साढे ५ महिनाको अवधिमा १७ प्रतिशत बजेट खर्च भएको छ ।
चालु आर्थिक वर्षमा ४९ करोड ८२ लाख २ सय ३३ रुपैयाँ बजेट मध्य जम्मा चालुतर्फ ३० करोड २१ लाख ७९ हजार, ३ सय ८५ रुपैयाँ अर्थात् ६०.६५ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजीगत तर्फ १९ करोड ६० लाख ५४ हजार २ सय ९२ रुपैयाँ अर्थात् ३९.३५ प्रतिशत बजेट विनियोजन गरिएको थियो ।
रामारोशन गाउँपालिकामा चालु आर्थिक वर्षको हालसम्ममा १७ प्रतिशत अर्थात् ८ करोड ४७ लाख १ हजार ३ सय २ रुपैयाँ बजेट खर्च भएको छ ।
चालु आर्थिक वर्षको हालसम्म खर्च भएको १७ प्रतिशत मध्य चालुतर्फ २२.७ र पुँजीतर्फ ८.२५ प्रतिशत बजेट खर्च भएको रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले जानकारी दिनुभयो ।
रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै निमित्त प्रमुख भण्डारीले पुँजीगत तर्फ भन्दा चालुतर्फ बजेट बढी खर्च भएको बताउनुभयो ।
गाउँपालिकामा यस आर्थिक वर्षमा कोरोना भाइरसको महामारी तथा बाढी पहिरोले गरेको क्षेतीको बारेमा गाउँपालिका सक्रिय भएकाले पहिलो चौमासिकमा विकासे कार्यालय व्यवस्थापन तथा कर्मचारीको तलब भत्ता, सचेतनाका कार्यक्रम लयागतको क्षेत्रमा बजेट खर्च हुने भएकाले पहिलो चौमासिकमा पुँजीगत तथा विकासे तर्फको बजेट खर्च कम देखिएको उहाँले उल्लेख गर्नुभयो ।
रामारोशन गाउँपालिकामा विकास निमार्णका योजनाको सम्झौता समयमै सम्मपन भइसकेकाले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट समयमै खर्च हुने उहाँले बताउनुभयो ।
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस