Techie IT

सुदूरपश्चिमका सबै जिल्लामा कोरोनोको खोप पठाइयो


कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्ड आज सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लातर्फ पठाइएको छ ।

भोलिदेखि खोप लगाउने कार्य सुरु हुने भएपछि धनगढीबाट आज सबै जिल्लातर्फ खोप पठाइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था कार्यालयले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार प्रदेशमा आएको तीन हजार ६०० भाइल खोपमध्ये एक हजार ८०९ भाइल अर्थात १८ हजार ९० डोज खोप नौ वटै जिल्लामा वितरण गरिएको छ ।

आधा खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था कार्यालयमै भण्डारन गरिएको छ । एक महिनापछि दोस्रो डोज लगाउनका लागि सो खोप वितरण गरिने सो कार्यालयका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिए ।

नेपाललाई भारतले खोप पठाएको हो । कोभिशिल्ड खोपको प्रभावकारिता ६२ देसख ९० प्रतिशतसम्म रहेको बताइएको छ ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस