हामी पार्टी फुटाउने पक्षमा छैनौँ :- नेता रावल

 

नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल नेपाल समूहका नेता भीम रावलले आफूहरू पार्टी फुटाउने पक्षमा नभएको बताएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता रावलले बहुमत केन्द्रीय सदस्य आफूहरूसँग रहेको भन्दै पार्टी फुटाउने पक्षमा नभएको बताए ।

रावलले अहिले नेकपा विभाजन नभएको समेत दाबी गरे । उनले अहिले निर्वाचन गर्ने र नगर्ने भन्ने प्रसङ्ग आउने बेला नभएको बताए । ‘अहिले निर्वाचन गर्ने र नगर्ने भन्ने प्रसङ्गै होइन’ नेता रावलले भने, ‘प्रधानमन्त्रीले जनमतको अवहेलना गर्नुभएको छ ।

लोकतन्त्रलाई संकटनमा पार्नुभएको छ त्यो सङ्कटका विरुद्धमा लड्ने नलड्ने भन्ने हो ।’ उनले अहिले जनमतको रक्षा गर्न देशको स्वाधीनताको रक्षा गर्न समय आएको बताए । प्रधानमन्त्री ओलीले आत्मालोचना गर्नुपर्ने रावलको भनाइ थियो ।

एकिन्द्र थापा

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker