पछिलले २४ घण्टामा सुदूरपश्चिममा १ जनामा कोरोना पुस्टि

बुधबार सुदूरपश्चिम प्रदेशमा ४२ जनाको नमूना परीक्षण गर्दा १ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुस्टि भएकोे छ।

सेती अस्पतालको प्रयोगशालामा १५ जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै जिल्ला अस्पताल बझाङको प्रयोगशालामा २५ जनाको नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ३८ पुगेको छ ।

संक्रमण पुस्टि भएकामध्ये १२ हजार ९ सय ४२ जनाले कोरोना जितेका छन् भने ७७ जनाको मृत्यु भएको छ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker