बैतडीमा कांग्रेसको आमसभामा दोहोरो झडप, ६ जना घाइते

नेपाली कांग्रेसले गरेको आमसभामा दोहोरो झडप भएको छ।जिल्लाको डिलासैनी गाउपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको हो।

कांग्रेसको आमसभामा नेकपाका कार्यकर्ताले ढुंगामुढा गर्दा झडपको अवस्था सिर्जना भएको कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमिति सचिव वीरबहादुर विष्टले बताए।

सभा बिथोल्ने नियतले नेकपाको कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडपको अवस्था भएको हो,उनले भने। झडपमा ६ जना घाइते भएका छन्। घटनास्थल तनावग्रस्त बनेको छ। अहिले पनि झडप जारी रहेको विष्टले बताए।

घटनास्थलतर्फ प्रहरी टोली गइसकेको बताएको छ। प्रहरी घटनास्थलसम्म पुग्न केही समय लाग्ने बताएको छ। पनसेराको विरोध सभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महरलगायत नेताले बोल्ने कार्यक्रम थियो।

एकिन्द्र थापा

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker