भागरथी हत्या प्रकरणमा महेन्द्रनगरबाट पक्राउ परेका १ जनालाई बैतडी लगियो

१७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको प्रकरणमा महेन्द्रनगरबाट पक्राउ परेका १ जनालाई अनुसन्धानका लागि बैतडी लगिएको छ।
सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै ती पुरुषलाई कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाको ऐठपुरबाट गिरफ्तार गरि बैतडी प्रहरीको जिम्मा लगाएको स्रोत बताउँछ।
स्रोतका अनुसार ती व्यक्ति र भागरथीबीच पूर्व चिनजान रहेको थियो। उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट विदामा महेन्द्रनगर आएका थिए।
शंकास्पद गतिविधिका कारण हत्या प्रकरणमा उनको संलग्नता रहेको स्रोतको दाबी छ। यद्यपी उनको संलग्नता पुष्टि तथ्य र बयानका आधारमा गरिने प्रहरी स्रोत बताउँछ।
यसअघि कैलालीबाट समेत भागरथीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको थियो।
उनी हाल रिहा भइसकेका छन् भने काठमाडौँमा पक्राउ परेका अर्का एक शंकास्पद व्यक्ति पनि अनुसन्धानका लागि बोलाएका बखत हाजिर हुने शर्तमा छुटिसकेको प्रहरी स्रोतले बताएको छ।
दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट १४ दिन अघि गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन्। उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो।
प्रहरीले अनुसन्धानको दायरा साँघुरिदै गएकोले चाँडै संलग्नलाई सार्वजनिक गरिने जनाएको छ। दिनेश खबर बाट
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस