धनगढीको फर्निचरमा भएको आगलागी नियन्त्रणमा, करिब ५ करोड बराबरको क्षति

धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भएको आगलागी २ घण्टापछि नियन्त्रणमा आएको छ।

आलोक मल्टी कन्सर्न प्रालिमा लागेको आगो धनगढी उपमहानगरपालिकाका २ वटा दमकल, गोदावरी नगरपालिकाको एउटा दमकल, एउटा स्काभेटर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए ।

आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन्। प्रहरीले क्षतिको विवरण खुलाउन बाँकी छ।

आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। फर्निचर उद्योगसँगै रहेको शोरुममा दिउँसो करिब १२ बजेतिर आगलागी भएको थियो। दिनेश खबर बाट

एकिन्द्र थापा

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker