Techie IT

पहाडका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्न सक्ने


पहाडका केही ठाउँमा आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा र वाग्मती र प्रदेश(१ का एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

अहिले पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भइरहेको छ भने अरु ठाउँको मौसम सफा रहेको महाशाखाका मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस