बान्नीगढीको गोप्य सार्वजनिक सुनुवाइ : गोवरको गाई बनाउँदा समस्या भयो काँग्रेस नेता रावल

बान्नीगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाइ गोप्य कोठामा गरिएको बिषयमा गाउँपालिकाका नागरिक तथा स्थानीय आक्रोशित भएका छन् ।
आर्थिक वर्ष २०७६।७७ को वार्षिक नीति तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिकाको गोप्य हलमा गरिएको बिषयमा स्वयम नेपाली काँग्रेसले पनि आपत्ति जनाएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकामा गाउँपालिका अध्यक्ष सहित नेपाली काँग्रेसको बहुमतको सरकार छ ।
नेपाली काँग्रेस बान्नीगढी जयगढ गाउँ कार्य समितिका सचिव सुरत रावलले जनताबाट लखेटिने डरले गोप्य रुपमा हलमा सार्वजनिक सुनुवाइ गरिएको बताउनुभयो ।
गाउँपालिकामा विकासका नाममा भ्रष्टाचार मौलाएको तथा जनप्रतिनिधिको मनपरी मौलाएको बताउँदै सचिव रावलले बेथितिका बिषयमा जनताका सवालको जवाफ दिन सक्ने आँट नहुँदा प्रहरी प्रशासनलाई गेटमा लगाउँदै गोप्य हलमा कार्यक्रम गरिएको बताउनु भएको छ ।
उम्मेद्धार छनोटका क्रममा पार्टीले व्यक्ति छनोट गर्दा अयोग्य व्यक्तिलाई महत्त्वपूर्ण पदमा विजयी गराएका कारण पनि हाल यो समस्या झेल्नु परेको रावलले ठोकुवा गर्नुभयो ।
अयोग्य व्यक्तिलाई गाउँपालिकाको बागडोरको जिम्मा दिनु र गोवरको गाई बनाउनुमा कुनै भिन्नता नभएको रावलको टिप्पणी छ ।
यो पनि पढ्नुहोस्
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस