Techie IT

युवा संघ नेपालको सुदूरपश्चिम सचिवमा साउद


युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटि सचिवमा अछामका मोहन साउद चयन भएका छन् ।

युवा संघ नेपालको शुक्रवार सम्पन्न केन्दिय कमिटीको निर्णय अनुसार साउद प्रदेश कमिटी सचिवमा चयन भएका हुन् ।

नेकपा एमाले क्षेत्र न १ अछाम काठमाडौं सम्पर्क मञ्चका पुर्व अध्यक्ष रहेका साउद यस अघि युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थिए ।

युवा संघको प्रदेश कमिटी सचिवमा मनोनीत भए पश्चात उनले पार्टीको निति निर्देशन अनुसार युवाहरुसंग हातेमालो गर्दै पार्टीको हितमा लाग्ने प्रतिबध्दता व्यक्त गरेका छन् ।

युवा संघको शुक्रवार सम्पन्न केन्द्रिय कमिटी बैठकले युवा संघ सुदूरपश्चिम ईन्चार्जमा प्रकाश रोकाया सह इन्चार्जमा मदन रेग्मी,अध्यक्षमा बावुराजा श्रेष्ठ र सचिवमा मोहन साउदलाई जिम्मेवारी दिएको हो ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!