Techie IT

सुदूरपश्चिममा ११ जना कोरोना सङ्क्रमितको मृत्यु


सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कैलाली कञ्चनपुर,बझाङमा र अछाम जिल्लाका गरी ११ जना सङ्क्रमितको ज्यान गएको हो ।

कैलालीका ६ जना र कञ्चनपुरका ३ जना सङ्क्रमितको ज्यान गएको छ भने बझाङका ५५ वर्षीय पुरुष र अछामका १ पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ घर भई हाल टिकापुरमा रहँदै आएका ७७ वर्षीय पुरुषको नेपालगन्जबाट अछाम ल्याउँदै गर्दा बर्दियामा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!