Techie IT

कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु


कैलालीमा थप २ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

कोरोना सङ्क्रमण देखिएपछि टीकापुर अस्पतालमा उपचाररत उनको शुक्रवार साँझ मृत्यु भएको उनले बताए।

यस्तै जिल्लाको लम्की चुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिवार बिहान १ बजेको समयमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!