बाँकेमा १ सय ११ वर्षीय वृद्धा कोरोना मुक्त

नोबेल कोरोना भाइरसको तीव्र सङ्क्रमण बढेको बाँके जिल्लामा १ सय ११ वर्षिय वृद्धा आज कोरोना मुक्त भएकी छन् ।
यही वैशाख ८ मा नेपालगञ्ज मेडिकल कलेजमा गरिएको जाँचमा उनी सङ्क्रमित भएको पुष्टि भएको थियो ।
स्थ्यमा कुनै समस्या नभएपछि होम आइसोलेसनमा बसेको र आज दसौँ दिनमा नेपालगञ्ज उपमहानगर पालिका १६ जयसपुरका उनलाई डिस्चार्ज गरिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
कोरोना सङ्क्रमण पुष्टि भएको दसौँ दिनमा डिस्चार्ज गर्ने सरकारको यसअघिको रणनीति अनुसार उनलाई डिस्चार्ज गरिएको हो । ओलीका अनुसार ती वृद्धासँगै परिवारका अरु सदस्य पनि सङ्क्रमित थिए ।
होम आइसोलेसनमा भए पनि वडास्तरमा परिचालन गरिएका स्वास्थ्यकर्मीले वृद्धाको निगरानी गरिरहेका थिए । बाँके कोरोनाको तीव्र गतिको सङ्क्रमणको केन्द्रविन्दुमा रहेका खबर आइरहँदा १ सय ११ वर्षका वृद्ध कोरोनामुक्त भएको खबरले सकारात्मक सन्देश दिने फोकल पर्सन ओलीले बताउनुभयो ।
कोरोनाको दोस्रो लहरको सङ्क्रमण फैलिएपछि सबैभन्दा धेरै उमेरका व्यक्ति कोरोनामुक्त भएको यो पहिलो घटना भएको अनुमान बाँकेका स्वास्थ्यकर्मीले गरेका छन् । वृद्धासँगै १ सय ६ जना महिला र १ सय ४४ पुरुष गरी २ सय ५० जना बाँकेमा कोरोना मुक्त भएका छन् ।
क्याटेगोरी : कोरोना कहर, प्रदेश, समाचार, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस