Techie IT

सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल विस्तार,राज्य मन्त्रीमा मना साउँद


सुदूरपश्चिम प्रदेश सरकारले मण्डल विस्तार गरेको छ। शुक्रवार मुख्यमन्त्री त्रिलोचन भटट् नेतृत्वको प्रदेश सरकारको मन्त्री मण्डल विस्तार गरिएको हो।

शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशीलाई शपथ ग्रहण गराउनु भएको हो ।

त्यस्तै, सामाजिक विकास राज्य मन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी,भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई प्रदेश प्रमुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

अब सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल ११ सदस्यीय बनेको छ ।

सामाजिक विकास राज्य मन्त्रीको जिम्मेवारी पाउनु भएकि मना साउँद (मिना) अछाम क्षेत्र नम्बर १ को प्रदेश सभा ख बाट समानुपातीक प्रदेश सांसद बन्नु भएको थियो ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस