Techie IT

सरस्वती मावि जयगढको भवनको पिलर बाङ्गो : इन्जिनियर भन्छन् फेसबुकमा देखेपछि चाल पायौँ


प्रदेश सरकार मार्फत जिल्लामा सञ्चालित योजनाहरूमा गम्भीर लापरबाही देखिएको छ

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतका अछाम स्थित योजनाहरूको योजनाहरूको नियमन र अनुगमन गर्ने काम मंगलसैनमा रहेको सामाजिक विकास कार्यालयको हो ।

जिल्लामा सञ्चालन रहेका प्रदेश सरकारका योजनामा पटक पटक योजनामा गम्भीर त्रुटि देखिदा पनि अछामको सामाजिक कार्यालय चुपचाप छ ।

उता प्रदेशको सामाजिक विकास मन्त्रालय लाई पनि खासै मतलब छैन । जिल्लाभरमा योजनाहरुको गुणस्तर प्रति गुनासो छ तर मन्त्रालय र कार्यालय बेखबर जस्तै छन् ।

लहरो तान्दा पहरो जाला जस्तै छ । करिब साता दिन पहिले मंगलसैन नगरपालिकामा रहेको मंगला नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयको भवन निर्माणमा प्राविधिक त्रुटि देखिएकोमा हाल बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा रहेको सरस्वती माद्यामिक विद्यालयमा निर्माणाधीन भवनमा समेत वलिगाउको भन्दा पनि झनै गम्भीर त्रुटि भेटिएको छ ।

सुदूर पश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७७।७८ को वार्षिक बजेट मध्य सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय अछाम मार्फत निर्माण भइरहेको भवनको भुइँतलाको पिलर करिब ६ सेन्टिमिटर बढी बाङ्गो निर्माण गरिएको हो ।

पिलर बाङ्गो निर्माण गरिएको निर्माणाधीन भवन :-

बिद्यालयको निर्माणाधीन भवनको पिलर ६ सेन्टिमिटर बाङ्गो निर्माण गरिए पछि सामाजिक सञ्जालमा यस बिषयमा चर्को आलोचना भइरहेको छ ।

रोचक कुरा त के छ भने सामाजिक विकास मन्त्रालयको अछामस्थित सामाजिक विकास कार्यालयका प्राविधिक तथा कार्यालय प्रमुखले पिलर बाङ्गो भएकोबारे सामाजिक सञ्जालमा चर्चा भएपछि मात्रै भवनको पिलर बाङ्गो भएको चाल पाएका खुलेको छ ।

भवनको पिलर बाङ्गो किन भएको भन्नेबारे रेडियो बान्नीगढीका प्रतिनिधिको जिज्ञासामा प्राविधिक तथा कार्यालय प्रमुख स्वयमले सामाजिक सञ्जालमा आलोचना भएपछि मात्रै आफूहरूले पिलर बाङ्गो भएको चाल पाएको बताएका हुन् ।

भवनको दुइ तलाको छत समेत ढलान भई सक्दा समेत पिलर बाङ्गो भएको चाल नपाएका प्राविधिकले योजनाको अनुगमन तथा निरीक्षण के कसरी गरे होला भन्ने विषय गम्भीर विषय बनेको छ ।

४० लाखको लागत रहेको भवन निर्माण कार्य विद्यालय व्यवस्थापन समिति मार्फत निर्माण भइरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर साउँदले भने पिलर बाङ्गो भएको बिषयमा आफूहरूको कमजोरी नभएको दाबी गरेका छन् ।

प्राविधिक बिषयमा आफूहरूलाई कुनै पनि ज्ञान नहुने भएकाले भवन निर्माण कार्यको नियमित रुपमा अनुगमन तथा निरीक्षणका लागी आग्रह गरे पनि प्राविधिकले समय दिन नसकेपछि समस्या आएको साउँदको भनाइ छ ।

यद्यपि सामाजिक सञ्जालमा चर्चा हुनु पूर्व भवनको पिलर बाङ्गो भएको बिषयमा भने प्राविधिकले कुनै पनि सुझाव समेत नदिएको अध्यक्ष साउँले दाबी गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर साउँदसंगको कुराकानी :-

सरस्वती माद्यामिक विद्यालय जयगढमा निर्माणाधीन २ तले भवनको प्राविधिक मूल्याङ्कनको जिम्मेवारी सम्हाल्दै आएका तथा साइड इन्चार्ज भविष्य खत्रीले भने भवनको भुईँ तलाको पिलर बाङ्गो भएको कुरा समयमै हेर्न नसक्नु आफ्नो कमजोरी भएको सहर्ष स्वीकार गरेका छन् ।

थोरै जनशक्तिका बिचमा जिल्लमा दर्जनौँ योजना सञ्चालन गर्नुपर्ने भएका कारण भवनको पिलरमा ध्यान दिन नसकेको खत्रीको भनाइ छ ।

साइड इन्चार्ज खत्रीका अनुसार सामाजिक सञ्जालमा पिलर बाङ्गो भएकोबारे सार्वजनिक भएपछि मात्रै उनले यस बिषयमा जानकारी पाएका हुन् ।

भवनको पिलर ढलानका क्रममा समय अभावका कारण पुरा समय दिन नसकिएको खत्रीले बताएका छन् ।

पिलर बाङ्गो भएको बिषयमा साइड इन्चार्ज भविष्य खत्रीसँग गरिएको कुराकानी :-

साता दिन भित्र २ वटा भवन प्राविधिक स्टमेट विपरीत निर्माण गरिएको सार्वजनिक भएसँगै सामाजिक विकास कार्यालय अछाम मार्फत कार्यान्वयन भइरहेका योजनाको गुणस्तरमाथि गम्भीर प्रश्न खडा भएको छ ।

यता सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख लोकेन्द्र भट्ट भने एक दुई वटा योजनामा सामान्य त्रुटि भेटिने ठुलो विषय नभएको तर्क गर्छन् ।

धेरै योजनामा थोरै प्राविधिकको व्यवस्था र टाढा टाढा योजनाको अनुगमन गर्नुपर्ने बाध्यताका कारण समस्या भइरहेको भए पनि कार्यालयका तर्फबाट योजनाको गुणस्तरीयता कायम गर्न भने कार्यालय कटिबद्ध रहेका भट्टको दाबी छ ।

यस्तै भट्टका अनुसार उपभोक्ता तथा व्यवस्थापन समितिले योजनामा प्राविधिक स्टमेट अनुसार काम नगर्दा समस्या देखिएको हो ।

यता सरस्वती माद्यामिक विद्यालयमा पिलर बाङ्गो भएको बिषयमा सामाजिक विकास कार्यालयको कमजोरी भएको भट्टले स्वीकार गरेका छन् भने पिलर बाङ्गो भएकै कारण भवनको गुणस्तरीयतामा के कति समस्या पार्छ भन्नेबारे दक्ष प्राविधिकद्वारा मूल्याङ्कन गरि आवश्यक प्रक्रिया अगाडी बढाउने समेत प्रतिबद्धता जनाएका छन् ।

सरस्वती माद्यामिक बिद्यालयको भवन निर्माणका क्रममा यस अघि पनि पटक पटक त्रुटि भेटिएको र प्राविधिकले त्रुटि नहुने गरि पुनः समेत काम गराएको उनको दाबी छ ।

सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख लोकेन्द्र प्रसाद भट्टसँग गरिएको कुराकानी :-


क्याटेगोरी : प्रदेश, बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, राष्ट्रिय, शिक्षा, समाज, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस