Techie IT

सप्तरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो


पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका(४ मा बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

सोमवार साँझ भएको दुर्घटनामा सिरहा लहान नगरपालिकाका २८ वर्षीय रामशंकर यादव र शम्भुनाथ नगरपालिका–७ का २८ वर्षीय बुद्धसागर चौधरीको ज्यान गएको हो ।

स ११ प ४०३८ नम्बरको मोटरसाइकलले बा २ ख ५६८२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले दुर्घटनामा परेर ४०३८ नम्बरको मोटरसाइकलमा रहेका चौधरी र ९५५६ नम्बरको मोटरसाइकलमा रहेका यादवको ज्यान गएको जानकारी दिनुभयो ।

चौधरीको मोटरसाइकलको पछाडि रहेका २८ वर्षीय आन्नद चौधरी र यादवको मोटरसाइकलको पछाडि रहेकी लहान–२० की २३ वर्षीया सोनम चौधरी गम्भीर घाइते हुनुभएको छ ।

उहाँहरुलाई थप उपचारका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस