Techie IT

लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि बोलाइयो


लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बुधवारका लागि बोलाइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनको निर्देशनअनुसार प्रदेश सभा सचिवालयले २७ गतेका लागि बैठक बोलाएको हो । बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुनेछ ।

यस पटक लुम्बिनीमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पास हुने विपक्षीहरूले दाबी गर्दै आएका छन् । आज मात्रै प्रदेश सभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाउँदै आफू माओवादी केन्द्रमै रहेको बताउनुभएको थियो ।

वली माओवादीमा आएको घोषणा गरेसँगै लुम्बिनीमा विपक्षी बलियो अवस्थामा देखिएका छन् । ८० सदस्य प्रदेश सभा कायम रहेकाले बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ ।

एमालेसँग ३९ जना मात्रै सदस्य रहेका मुख्यमन्त्री शङ्कर पोखरेललाई बहुमत जुटाउन अझै दुई मतको कमी रहेको छ । विपक्षी गठबन्धनसँग भने बहुमत अर्थात् ४१ सदस्य नै रहेका छन् ।

 


क्याटेगोरी : प्रदेश, राजनीति, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस