Techie IT

दार्चुलाको तुइन घटनामा भारतसँग कुटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्र


दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनामा छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन हिजो मन्त्रालयले आवश्यक कुटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको हो । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी)कै उपस्थितिमा धामी तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलवार बुझाएको थियो ।

प्रतिवेदन तयार पार्न ढिलो गरेको र घटनालाई ढाकछोप गर्न लागिएको भन्दै सरकारको आलोचना भइरहेको बेला गृहले कुुटनीतिक पहल गर्न परराष्ट्रलाई पत्राचार गरेको हो । घटना भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयका अनुसार समितिले घटनाको अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको थियो ।

यही प्रतिवेदनका आधारमा परराष्ट्रलाई कुटनीतिक पहलका लागि अनुरोध गरिएको गृह मन्त्रालयले जनाएको छ । छानबिन समितिबाट मङ्गलवार प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिनुभएको थियो ।

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ बाट तुइन तरेर भारत हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा तुइनको लठ्ठासँगै खसेर धामी नदीमा बेपत्ता हुनुुभएको थियो । भारतीय सुरक्षाकर्मीले तुुइनको लठ्ठा काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।


क्याटेगोरी : प्रदेश, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस