Techie IT

दल रोजेको सनाखत गर्न तम्तयार राज्यमन्त्री गहतराज एकाएक गायब


नेपाल कम्युनिस्ट पार्टी (एमाले ) औपचारिक विभाजन पछिको जनप्रतिनिधिहरुले पार्टी रोज्ने अभियान देशैभर चलिरहेको छ ।

प्रदेश स्थित निर्वाचन आयोगमा वडा सदस्य देखी प्रदेश सभा सदस्यहरूले दल रोजेको सनाखत गरी रहेका छन् । विशेष गरी नेकपा एमाले बाट विद्रोह गरेर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) ले हरेक प्रदेशमा राजनैतिक सरगर्मी बढाएको छ ।

यसको प्रभाव सँगै सुदूरपश्चिममा अनौठा गतिविधि देखा परेका छन् । यति सम्मकी प्रदेश सभा की एक सांसद एकाएक गायब भएकी छन् । १६ गते निर्वाचन आयोगको कार्यालयमा दस्तखत गर्ने भनेकी डोटी बाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य एब्ंम आर्थिक मामिला तथा योजना राज्य मन्त्री अर्चना गहतराज एका–एक गायब भएकी हुन ।

श्रोतका अनुसार राज्यमन्त्री गहतराज लाई एमाले डोटीका अध्यक्ष चक्र मल्लले अपहरण शैलीमा १६ गते डोटी पुगाएका छन् । मल्लले एकीकृत समाजवादी पार्टीमा दस्तखत गर्न लागेको सुईको पाए लगत्तै राति १ बजे डोटी बाट कैलाली झरेका थिए ।

बहाल राज्यमन्त्री एकाएक मन्त्रालय छोडेर गायब भएपछि हल्लीखल्ली मच्चिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेर लागेकी गहतराज लाई दस्तखत गर्न बन्देज गराउने नियतका साथ मल्लले रातारात डोटी पुगाएको श्रोतको दाबी छ ।

राज्यमन्त्री गहतराजका श्रीमानले भने मन्त्री गहतराज डोटी जानु भएको छ । त्यहाँ विभिन्न कार्यक्रमहरूमा सहभागी हुदैहुनुहन्छ । पार्टीका नेताले कार्यक्रममा बोलाए जानै पर्‍यो ।

१५ गते धनगढी स्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एकीकृत समाजवादी) १३ जना सांसदले सनाखत गर्ने तयारी थियो । १५ गते १० जना सांसदले सनाखत गर्ने र १६ गते गहतराज सहित थप ४ जनाले सनाखत गर्ने तयारी एकीकृत समाजवादी पार्टीको थियो ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस