महोत्तरी स् पोखरीमा डुबेर बेपत्ता भएका पुरुषको शव फेला

महोत्तरीमा मलामीबाट फर्केर पोखरीमा नुहाउन पस्दा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।
महोत्तरी वडा–७ मा रहेको जनता माध्यमिक विद्यालय सुन्दरपुरको पोखरीमा डुबेर बेपत्ता भएका ५० वर्षीय उपेन्द्र बैठाको शव आज बिहान फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।
बैठा मलामीबाट फर्किएपछि हिजो बेलुका नुहाउने क्रममा पोखरीमा बेपत्ता हुनुभएको थियो । हिजो बेलुकादेखि नै स्थानीय र प्रहरीले उहाँको खोजी गरिरहेका थिए।
बैठाको शवलाई मुचुल्का गरी पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रदेश, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस