पहिरोमा पुरिएर पाँच जनाको ज्यान गयो, तीन जना बेपत्ता

पर्वतका विभिन्न ठाउँमा पहिरोमा परेर पाँच जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।
गएराति पहिरोमा परि कुश्मा नगरपालिका(३ दुर्लुङ्गमा दुई जना, कुस्मा(११ सिल्मीमा दुई जना र मोदी गाउँपालिका(५ आम्बोटमा एक जनाको ज्यान गएको हो।
लगातारको वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका(३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई जना मृत अवस्थामा फेला परेका हुन् । पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ ।
पहिरोमा पुरिएका बेपत्ता भएका तीन जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । गएराति २ बजे घरमाथिबाट आएको पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका हुन् ।
यस्तै कुश्मा(११ सिल्मीमा पहिरोले घर पुर्दा स्थानीय मनिपाल पौडेलको घरमा पाहुना लाग्न आएका मोदी गाउँपालिका(७ राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उहाँका छोरा ६ वर्षीय गणेशको ज्यान गएको हो ।
पर्वतकै मोदी गाउँपालिका(५ आम्बोटमा गएराति पहिरोले घर पुर्दा स्थानीय ५० वर्षीया फुलमाया थापाको ज्यान गएको छ । गएराति १ बजे घरमाथिबाट आएको पहिरोले थापालाई पुरेको हो । पहिरोमा बेपत्ता हुनुभएको थापाको शव फेला परिसकेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण बिजुली बत्ती नभएकाले सञ्चार सम्पर्क विच्छेद हुँदा थप जानकारी नआएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
क्याटेगोरी : प्रदेश, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस