पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो, एक जना बेपत्ता

पर्वतको विभिन्न ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । पहिरोमा परेर एक जना हराइरहेका छन् ।
ज्यान गुमाउनेमा एकै परिवारका पाँच जना छन् । कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उहाँकी ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती, दुई छोरीहरू १६ वर्षीया विमला र ११ वर्षीया विनिताका साथै नौ ९ वर्षीय छोरा विनोदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका ७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेशको पनि ज्यान गएको छ ।
यस्तै कुश्मा नगरपालिका ११ पकुवा ताल्चेमा आज शुक्रवार बिहान खसेको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उहाँका तीन वर्षीय छोरा प्रयुशको ज्यान गएको छ । पहिरोमा मायाकुमारीकी सासू ७० वर्षीया डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।
साथै पर्वतकै मोदी गाउँपालिका ५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया फूलमाया थापाको ज्यान गएको छ । पर्वतमा शुक्रवार बिहानैदेखि विद्युत् सेवा बन्द भएको छ भने टेलिफोन सेवा पनि प्रभावित भएको छ ।
क्याटेगोरी : प्रदेश, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस