Techie IT

कैलालीमा माइक्रो बस र अटो रिक्सा ठोक्किँदा तीन जनाको ज्यान गयो


कैलालीमा माइक्रो बस र अटो रिक्सा ठोक्किँदा तीन जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।

हिजो बेलुका पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको से १ ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा घाइते भएका सात जनामध्ये तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

तीन जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घोडाघोडी नगरपालिका(९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरीको ज्यान गएको हो ।

घाइतेमध्ये केही उपचार पछि घर फर्किएका छन् भने केहीको उपचार भइरहेको छ ।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस