Techie IT

बाँकेमा नक्कली प्रहरी निरीक्षक पक्राउ


आफूलाई प्रहरी निरीक्षकको रुपमा चिनाउँदै बाँकेको कोहलपुर क्षेत्रमा सर्वसाधारणलाई दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सल्यान दार्माकोट गाउँपालिका २ का ३२ वर्षीय दीपेन्द्र रोकायलाई शनिवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

रोकायले कोहलपुरको बसपार्क क्षेत्रमा रहेका होटल र पसलमा आफूलाई नेपाल प्रहरीको सिआईबी निरीक्षक भन्दै डर त्रास देखाइ धाक धम्की दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस