Techie IT

सुदूरपश्चिम : थप तीन एमाले प्रदेश सभा सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश


सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेबाट निर्वाचित थप तीन प्रदेश सभा सदस्यले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा  सनाखत गराएका छन् ।

एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीमा रहनुभएका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउनुभएको हो ।

सोडारी र तामाङ क्रमशः नेकपा एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष हुनुहुन्थ्यो । योसँगै नेकपा एकीकृत समाजवादीमा सनाखत गराउने एमाले प्रदेश सभा सदस्य १३ जना पुगेका छन् । प्रदेश सभामा अब नेकपा एमाले १२ जनामा सीमित भएको छ ।

प्रदेश सभामा सभामुखसहित २५ जना सदस्यसहित एमाले सबैभन्दा ठूलो दल थियो । प्रदेश सभामा नेकपा ९माओवादी केन्द्र० का १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना सदस्य छन् । प्रदेश सभामा विभिन्न दलका गरी जम्मा ५२ जना सदस्य छन् ।

यसअघि नेकपा ९एमाले०का प्रदेश सभा सदस्य एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्य मन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउद, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सुशीला बुढाथोकी, अमरबहादुर साउद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि नयाँ पार्टीमा सनाखत गराउनुभएको थियो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री जोशी र पूर्वमन्त्री माया भट्ट नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था छ ।


क्याटेगोरी : प्रदेश, राजनीति, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस