Techie IT

१५ वर्षदेखि फरार रहेका कैलालीका एक पुरुष पक्राउ


१५ वर्षदेखि फरार रहेका कैलालीका एक पुरुष पक्राउ परेका छन् ।

जिल्लाको भजनी नगरपालिका (१ का ४३ वर्षीय हरिओम चौधरी पक्राउ परेका हुन् । उनलाई २०६३ फागुन महिनाको १३ गते कञ्चनपुर जिल्ला अदालतले १ महिना कैद र एक लाख ६० हजार जरिवाना सुनाएको थियो ।

चोरी मुद्दामा सजायको फैसला भई १५ वर्षदेखि फरार रहेका चौधरीलाई पक्राउ गरी कैलाली जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


क्याटेगोरी : प्रदेश, समाचार, स्थानीय

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस