Techie IT

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने


आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

वाग्मती प्रदेशका केही ठाउँमा पनि राति ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

यस्तै, अबको दुई तीन दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौमसविद्ले बताएका छन् । तर, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम भने रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस