Techie IT

हेंवा खोलाले बगाउँदा ४ वर्षीया बालिका बेपत्ता


पाँचथरमा खोलाले बगाउँदा चार वर्षीया बालिका बेपत्ता भएकी छिन् ।

जिल्लाको हिलिहाङ गाँउपालिका–७ सल्लेरीका गजेन्द्र लिम्बूकी ४ वर्षीया छोरी आँचल लिम्बूलाई खोलाले बगाएको पाँचथर प्रहरीले जनाएको छ । साथीहरुसँग खेल्न हेंवा खोला गएकी उनलाई सोमबार साँझ नै खोलाले बगाएको हो ।

खोलाले बगाँउदा बेपत्ता उनको खोजीका लागि प्रहरी नायव उपरीक्षक दानबहादुर थापाको कमाण्डमा गएका प्रहरीसँगै स्थानीयले खोजिकार्य जारी राखे पनि हालसम्म फेला नपरेको बताइएको छ ।

प्रहरीका अनुसार दाइ–दिदी र छिमेकका साथीसँगै खोलामा गएकी बालिका किनारमा खेल्ने क्रममा खोेलाले बगाएको हो ।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस