अबको तीन दिन ठूलो वर्षाको सम्भावना कम

अबको केही दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।
मनसुनको न्यूनचापीय रेखा औषत स्थानमै रहेकोले देशभरको मौसम बदली भए पनि ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
अबको तीन दिन सम्म नै मनसुनी प्रणाली बढी सक्रिय भएर ठूलो वर्षाको सम्भावना कम रहेको उहाँले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यका सहित देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश नम्बर १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य वर्षा भैरहेको छ ।
दिउँसो देशभर सामान्य बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र राति पनि देशभर सामान्य बदली रही केही ठाउँहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।
क्याटेगोरी : प्रदेश, राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस