Techie IT

सप्तरीमा छुट्टाछुट्टै घटनामा एकै दिन ३ जनाको ज्यान गयो


सप्तरीमा एकै दिन भएका छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गएको छ ।

सदरमुकाम राजबिराज नगरपालिका(५ मा पर्ने राजविराज–कुनौली सडक खण्डमा बिहीबार साँझ विष्णुपुर तर्फ जाँदै गरेको ७ प ४४१० नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ आउँदै गरेको स १ त २८७८ नम्बरको ट्याक्टरले ठक्कर दिएर दुर्घटना भएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विष्णुपुर गाउँपालिका(५ कट्टी बस्ने ६० वर्षीय लेल्है खंगको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्करले मोटरसाइकल चालक महेन्द्र महतो घाइते भएका छन् ।

प्रहरीका अनुसार ठक्कर दिने ट्याक्टर र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइएको छ । यसैगरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका(३ सखरपुरा बस्ने बिनोद ठाकुरको ११ वर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर बिहीबार साँझ ज्यान गएको छ ।

चन्दनले आफ्नै घरमा जडान गरिएको डिस होमको रिसिभरलाई सफा गने क्रममा उहाँलाई करेन्ट लागेर घटना स्थलमा नै उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका ( ३ कचन्दाहा बस्ने २५ वर्षीय कृष्ण मण्डलको पोखरीमा डुबेर ज्यान गएको छ । बिहीबार साँझ घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस