Techie IT

एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ


ङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धानपछि मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त दुई वटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरिक्षक ९एसपी० भीम दाहाल नेतृत्वको टोली मादी पुगेको थियो ।

लगत्तै दाहाल नेतृत्वको टोली फर्किएपछि सीआईबीका डीएसपी रुगमबहादुर कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो । कुँवर नेतृत्वको टोलीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस