Techie IT

सेती नदीमा बगेर १८ वर्षीय युवक बेपत्ता


सेती नदीमा नुहाउने क्रममा एक जना युवक बगेर बेपत्ता भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन भुत्याल हिजो दिउँसोदेखि नदीमा बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनु भयो ।

हिजैदेखि इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको नौ जना प्रहरीको टोलीले उहाँको खोजी कार्य गरिरहेको छ । नदीको पानी धमिलो भएका कारण खोजी गर्न समस्या भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, समाचार, स्थानीय

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस