एक हप्ता मनसुन कमजोर हुने, गर्मी बढ्ने

अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले अझै एक हप्ता ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण आज दिउँसोपछि भने काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ ।
देशका अरु ठाउँको मौसम भने सामान्य बद्ली भएर कतैकतै हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको उहाँले बताउनुभयो ।
केही दिन लगातार पानी वा झरी पर्ने सम्भावना तत्कालको लागि नदेखिए पनि कहिलेकाहीँ स्थानीय रुपमा मौसमी प्रणाली विकसित हुन सक्ने भएकाले पानी पर्न सक्छ । लगातार झरी नपर्ने भएकाले अबको केही दिन गर्मी बढ्ने महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा आज २८ देखि ३० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान छ । देशका अरु ठाउँमा पनि तुलनात्मक रुपमा तापक्रम बढ्ने महाशाखाले जनाएको छ।
क्याटेगोरी : प्रदेश, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ बैतडीमा चितुवा आतंक कायमै दैनिक घरपालुवा जनावर मार्न थाल्यो
- २ रामारोशनको विकासका लागि पर्यटन विकास समितिको चाँसो
- ३ जनताका आवश्वकता अनुसार पहिलो बर्षको बजेट बिनियोजन गरेको : वडा अध्यक्ष शाही (कुराकानी सहित)
- ४ सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि
- ५ २४ घण्टामा ५ सय ५३ जनामा कोरोना पुष्टि, ४ सय ३३ जना निको
- ६ अछाममा आईतबार १ जनामा कोरोना भाइरसको संक्रमण
- ७ पहिराेले डुम्रे–बेसीसहर र बेसीसहर-चामे सडक खण्ड अवरुद्ध
- ८ तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ
प्रतिक्रिया दिनुहोस