Techie IT

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु


कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

हुलाकी राजमार्गअन्तर्गत जिल्लाको बेलौरी नगरपालिकास्थित कलकत्तामा सु.प.प्र ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार स्थानीय २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो। उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस