Techie IT

एकीकृत समाजवादी सुदूरपश्चिमको संसदीय दलको नेतामा सोडारी चयन


माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् ।

नेकपा एमाले विभाजन भएपछि दोस्रो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका थिए। दलको सोमबार बसको पहिलो बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : प्रदेश, राजनीति, समाचार, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस