Techie IT

मुग्लिन–नौबिसे सडक पहिरोले बन्द


पहिरोको कारण मुग्लिन–नौबिसे सडक बन्द भएको छ । सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी नै सडक बन्द भएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुई बजेतिर पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस