Techie IT

भेरी अस्पतालमा कञ्चनपुरकी कोरोना संक्रमित महिलाको मृत्यु


बाँकेमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो ।

भदौ २९ गते अस्पतालमा भर्ना भएकी महिलामा भदौ ३० गते संक्रमण पुष्टि भएको थियो ।

भेरी अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बिहान ११ः३० बजे मृत्यु भएको उनले बताए ।


क्याटेगोरी : प्रदेश, समाचार, स्वास्थ्य

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस