Techie IT

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको ज्यान गयो


गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

गए राति गएको पहिरोले रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्काका तिलक परियारको घर पुरिँदा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरु घरको एउटै कोठामा सुतेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयो । पहिरो हटाएर शव निकालिएको छ । तिलक परियार, उहाँकी श्रीमती र एक छोरी सुरक्षित रहेको पनि जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस