मतदान गरेर घर फर्कँदै गरेका २ युवा बाटोमै कुटिए

रामेछाप नगरपालिका–८ बालमन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरेर घर फर्कँदै गरेका दुई युवा बाटोमै कुटिएका छन् ।
मतदान गरेर घर फर्कँदै गरेका युवालाई रामेछाप नगरपालिका–८ डुम्रिखर्क भन्ने ठाउँमा सडकमा नै बसिरहेका चार जनाकाे समूहले कुटपिट गरेका हुन् ।
कुटपिटमा परि रामेछाप नगरपालिका ८ का २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदी घाइते भएका छन् ।
उनीहरू दुवै जनाको घटनास्थलबाट उद्धार गरि अहिले जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । दुवै जनाको टाउको र खुट्टामा चाेट रहेको छ ।
दुवैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाण्डौ पठाउने तयारी भइरहेको रामेछाप नगरपालिका–८ का निर्वतमान वडाध्यक्ष केदार कार्कीले जानकारी दिनुभयाे ।
कुटपिटमा संलग्नमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ भने अन्य तीन जना फरार रहेका छन् ।
फरार रहेकाहरूकाे खोजी भइरहेको र घटना के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङ्गले जानकारी दिनुभयाे ।
क्याटेगोरी : प्रदेश, राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस