Techie IT

अछाममा तरुल कोर्न गएका एक बालकको मृत्यु


नरेन्द्र रावल :- अछाममा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर एक बालकको मृत्युु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाका पुरन भुलका माईला छोरा १४ बर्षका गौतम भुलको खिमाडाको पडानी भन्ने ठाउमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्युु भएको हो ।

आज विहीवार दिउसो दुई भाइ संगै तरुल कोर्न गएका र दाइ ठुलो ढुंगामा च्यापियर मृत्युु हुदा खान्छा भाईले खबर गर्दा गाउमा थाहा भएको वडा अध्यक्ष नर बहादुर भण्डारीले बताउनु भयो ।

मृतक बालक मंगला नेपाल राष्ट्रिय माध्यामीक विद्यालय ओलिगाउमा कक्षा ५ मा अध्यानरत थिए । 


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढी तथा बान्नीगढी टुडेको संवाददाता हुन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!