तुर्माखाँद गाउँपालिकाकाे भुलु छाउगोठ मुक्त वडा घोषणा

तुर्माखाँद गाउँपालिका वडा न २ भुलु लाई आज छाउगोठ मुक्त वडा घोषणा गरिएको छ ।

आज एक कार्यक्रमकाबिच वडालाई गाँउपालिकाको चौथो वडाको रुपमा छाउगोठ मुक्त घोषणा गरिएको हो ।

वडा अध्यक्ष सुमराज जैसिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुस्पराज शर्मा रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले आफ्नो कार्यकाल भित्र यस्ता कुप्रथा र कुरितिलाई विस्तारै पन्क्षाउदै गाँउपालिकालाई समृद्ध बनाउने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker